
एक युवकले श्रीमतीको हत्या गरेर प्रहरीमा आफैँ उपस्थित भएका छन् ।
ललितपुरको गोदावरी नगरपालिका– ७, देवीचौरमा ३० वर्षीय विनोद पाख्रिनले २३ वर्षीया श्रीमती कोपिला पाख्रिनको हत्या गरेका हुन् ।
प्रहरी वृत्त, चापागाउँकी डीएसपी शीला चापागाईंका अनुसार मादक पदार्थ सेवनका क्रममा उत्पन्न विवादमा विनोदले कोपिलालाई धारिलो हतियार प्रहार गरेका थिए । चापागाईँका अनुसार विनोद टीकाभैरवस्थित प्रहरी प्रभागमा आफैँ उपस्थित भएर श्रीमतीको हत्या गरेको जानकारी प्रहरीलाई गराएका थिए ।
उनीहरूको २ वर्षकी छोरी छन् ।