
भारतले ब्याट्रीको भन्सार महसुल घटाउने भएको छ ।
आइतबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२६/२७ को बजेटमार्फत मोबाइल फोन, ल्यापटप र विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री तथा तिनका पार्ट पुर्जामा लाग्ने भन्सार शुल्कमा कटौती गरिने जानकारी दिइन् ।
वित्त मन्त्री सीतारामणले प्रविधि र विद्युतीय सवारी (ईभी) क्षेत्रका लागि ठूलो राहतको घोषणा गरेकी हुन् ।
बजेट भाषणका क्रममा मन्त्री सीतारामणले लिथियम आयन ब्याट्रीको उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र मेसिनरीमा लाग्ने आयात शुल्क घटाउने प्रस्ताव अगाडि सारेकी हुन् ।
यस निर्णयसँगै भारतमा निर्मित मोबाइल फोन, ट्याब्लेट र विद्युतीय स्कुटर तथा कारहरूको मूल्य घटेर आउने अपेक्षा गरिएको छ ।
ब्याट्रीको भन्सार शुल्क घटेसँगै इलेक्ट्रोनिक्स सामानको उत्पादन लागत कम हुनेछ, जसको प्रत्यक्ष लाभ उपभोक्ताले पाउनेछन् । यसका साथै ईभी उद्योगलाई राहत प्रदान गरिएको छ । विद्युतीय सवारीको कुल मूल्यको ठूलो हिस्सा ब्याट्रीले ओगट्ने गर्दछ । भन्सार शुल्कमा गरिएको कटौतीले भारतमा ईभीको प्रयोगलाई थप प्रोत्साहन मिल्ने जनाइएको छ ।
बजेटमार्फत स्वदेशमै ब्याट्री उत्पादन गर्ने कम्पनीहरूलाई प्रोत्साहन दिन सरकारले आयातित तयारी ब्याट्रीको सट्टा कच्चा पदार्थमा बढी छुट दिने जनाइएको छ ।