०५ साउन २०८३, मंगलबार

रूपन्देही २ मा इन्जिनियर पाण्डेको नीति : डिजिटल पूर्वाधार निर्माण, प्राथमिकतामा शिक्षा र स्वास्थ्य

माघ २१, २०८२
बुटवल
रूपन्देही २ मा इन्जिनियर पाण्डेको नीति : डिजिटल पूर्वाधार निर्माण, प्राथमिकतामा शिक्षा र स्वास्थ्य

उज्यालो नेपाल पार्टी (उनेपा)बाट रूपन्देही २ मा उम्मेदवार रहेका इन्जिनियर सुरज पाण्डेले भौतिक विकास, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आफ्ना कार्यक्रम सार्वजनिक गरेका छन् ।

उद्योग, व्यापार र सेवाका लागि आधुनिक भौतिक तथा डिजिटल पूर्वाधार निर्माण गर्ने योजना उनले अघि सारेका छन् । ‘अब आधुनिक पूर्वाधार निर्माण मेरो प्राथमिकतामा रहनेछ,’ उनले भने ।

आईटी उद्योग विस्तार गर्दै डाटा सुरक्षा, डिजिटल सेवा र रोजगारी सृजना गर्ने उनले बताए ।

त्यस्तै उनले नीति तथा कार्यक्रममा उद्योगमैत्री सीप विकास गरी तालिममार्फत योग्य र प्रतिस्पर्धी कार्यबल तयार गर्ने, होटल, रेस्टुरेन्ट, धार्मिक र प्रकृति पर्यटन विस्तार गर्ने आफ्नो योजना रहेको उनले बताए ।

‘यसले स्थानीय अर्थतन्त्र मजबुत मात्र हुँदैन, नयाँ-नयाँ रोजगारीका अवसरहरू समेत सिर्जना हुन्छ,’ उनले भने ।​​

जलविद्युत्‌लाई प्रविधि, मूल्य अभिवृद्धि र उद्योगसँग जोडेर आर्थिक मेरुदण्ड बनाउने उनको भनाइ छ ।

स्वास्थ्यलाई सर्वसुलभ बनाउँदै गुणस्तरीय अस्पताल, मेडिकल कलेज र स्वास्थ्य सेवामार्फत क्षेत्रीय स्वास्थ्य केन्द्र बनाउन आफूले पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

पूर्वाधार, ऊर्जा, सीप, डिजिटल रूपान्तरण, स्वास्थ्य, पर्यटन र शिक्षामार्फत समृद्ध रूपन्देही निर्माणको स्पष्ट दृष्टिकोणसहित उज्यालो नेपाल पार्टीबाट रूपन्देही २ मा आफू उम्मेदवार बनेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्