२६ असार २०८३, शुक्रबार

रूसको आक्रमणले विद्युत् आपूर्ति प्रभावित, कठ्याङ्ग्रिँदो चिसोमा युक्रेनको अवस्था कठिन

माघ २१, २०८२
काठमाडौं
रूसको आक्रमणले विद्युत् आपूर्ति प्रभावित, कठ्याङ्ग्रिँदो चिसोमा युक्रेनको अवस्था कठिन

रूसले युक्रेनको ऊर्जा क्षेत्रमा लक्षित गर्दै व्यापक आक्रमण गरेपछि देशभर विद्युत् आपूर्ति प्रभावित भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार १ हजार १०० भन्दा बढी अपार्टमेन्टमा हालसम्म पनि बिजुली आपूर्ति ठप्प छ ।

राजधानी कीएभमा विद्युत् सेवा पुनःस्थापना गर्न २०० भन्दा बढी मर्मत टोलीहरू निरन्तर रूपमा खटिएका छन् । हालै रूसले फेरि आक्रमणको तीव्रता बढाएको जेलेन्स्कीले बताएका छन् ।

यसअघि एक सातासम्म आक्रमणमा केही विराम देखिएको थियो । उक्त अवधिमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा कडा जाडो परिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमण नबढाउन आग्रह गरेका थिए ।

यसैबीच शान्ति योजनाका विवरणहरूबारे छलफल गर्न अमेरिका, युक्रेन र रूसका अधिकारीहरू पुनः अबु धाबीमा बैठकमा जुटिरहेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्