
झापा र मोरङका विभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ २१ गते झापाको इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ चैतुबारीस्थितबाट लागुऔषध ओसारपसारमा संलग्न बिर्तामोड-४ का सुशील विक र प्रकाश विकलाई ६ ग्राम ८३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
सोही दिन मोरङको इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर-१६ दरैयास्थितबाट सुन्दरहरैंचा-५ का खड्कनारायण चौधरीलाई ५ ग्राम ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।