०१ साउन २०८३, शुक्रबार

पाँचौं मेयर कप आमन्त्रित जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता हुँदै

माघ २२, २०८२
काठमाडौं
पाँचौं मेयर कप आमन्त्रित जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता हुँदै

ललितपुरमा पाँचौं मेयर कप आमन्त्रित जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । ​

​चुनिदेवी तेक्वान्दो डोजाङको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा ललितपुरभरिका २० भन्दा बढी डोजाङको सहभागिता रहने तथा ५०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक चुनिदेवी तेक्वान्दो डोजाङका प्रमुख शिवहरि बुढाथोकीले जानकारी दिए ।

प्रतियोगिता यही माघ २३ र २४ गते चुनिखेल फुटबल ग्राउण्डमा सञ्चालन हुने तय भएको छ । 

प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको कार्यक्रम संयोजक अमन तुलाधरले लोकान्तरलाई बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्