
दुबईमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्स– १७ मा सहभागी हुने खेलाडीलाई एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमबीच उनीहरूलाई बिदाइ गरेका हुन् ।
श्रृष्टी धेवाजुले १ सय र २ सय मिटर दौड तथा प्रभा आङदेम्बेले ४ सय मिटर दौड र लङजम्पमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा विमला राना मगर तथा अफिसियलमा स्याङबु भोटे रहेका राखेपले जनाएको छ।