०९ साउन २०८३, शनिबार

जुनसम्ममा रुस-युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकाको लक्ष्य, अर्को साता मियामीमा वार्ता हुने

माघ २४, २०८२
काठमाडौं
जुनसम्ममा रुस-युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकाको लक्ष्य, अर्को साता मियामीमा वार्ता हुने

यूक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाले आगामी जुनसम्ममा रुस–यूक्रेन युद्ध अन्त्य गर्न चाहेको बताएका छन् । यसै सिलसिलामा दुवै देशका वार्ता टोलीलाई अर्को साता अमेरिकाको मियामीमा छलफलका लागि आमन्त्रण गरिएको र यूक्रेनले आफ्नो सहभागिता सुनिश्चित गरिसकेको उनले बताए । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः कार्यभार सम्हालेदेखि नै यो द्वन्द्व टुङ्ग्याउन निरन्तर दबाब दिइरहेका छन् । जेलेन्स्कीका अनुसार अमेरिकाले आफ्नो आन्तरिक राजनीतिक मुद्दाहरूका कारण पनि यो गर्मी यामसम्ममा ठोस नतिजा निकाल्न खोजिरहेको हो।
यसअघि आबुधाबीमा सम्पन्न दोस्रो चरणको शान्ति वार्तामा क्षेत्रीय अखण्डता जस्ता जटिल विषयमा सहमति जुट्न नसकेपछि मियामीमा हुन लागेको यो बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ। शान्ति प्रयासका बीच पनि युद्धको तीव्रता भने कम भएको छैन। रुसले हालै यूक्रेनको ऊर्जा पूर्वाधारमा ४०० भन्दा बढी ड्रोन र ४० वटा क्षेप्यास्त्र प्रयोग गरी भीषण आक्रमण गरेको छ, जसका कारण चिसो मौसममा लाखौँ नागरिक बिजुली र तातोपानी सेवाबाट वञ्चित भएका छन्।
जवाफमा यूक्रेनले पनि रुसको सैन्य इन्धन उत्पादन गर्ने कारखाना र तेल डिपोहरूमा आक्रमण गरेको छ। रुसले भने यूक्रेनमाथि शान्ति प्रक्रिया बिथोल्न खोजेको आरोप लगाउँदै आएको छ। 

salt training

कमेन्ट गर्नुहोस्