२५ जेठ २०८३, सोमबार

स्मार्टफोनको चार्जरमा पेनड्राइभ जोड्दा के हुन्छ ?

माघ २४, २०८२
काठमाडौं
स्मार्टफोनको चार्जरमा पेनड्राइभ जोड्दा के हुन्छ ?

धेरै मानिसको मनमा जिज्ञासा र विभिन्न खालका भ्रमहरू छन् कि यदि स्मार्टफोनको चार्जरमा पेनड्राइभ जोडियो भने के होला ? के पेनड्राइभ जल्छ, डेटा नष्ट हुन्छ वा विष्फोट हुन्छ? हालै गरिएको एक प्रयोगात्मक परीक्षणले यी सबै आशंकाहरूलाई गलत सावित गरिदिएको छ।

एक परीक्षणका क्रममा २५६ जीबी क्षमताको पेनड्राइभलाई एप्पलको चार्जरमा जोडेर स्विच अन गर्दा पेनड्राइभमा कुनै पनि नकारात्मक असर देखिएन। पेनड्राइभ न त तात्ने समस्या भयो, न त त्यसमा रहेको डेटामा नै कुनै क्षति पुग्यो। पछि उक्त पेनड्राइभलाई कम्प्युटरमा जोडेर हेर्दा त्यसमा रहेका सबै फाइलहरू सुरक्षित पाइएका थिए।

प्राविधिक रूपमा युएसबी प्रविधिमा पावर डेलिभरी र डेटा ट्रान्सफरका लागि छुट्टाछुट्टै प्रणाली हुन्छ। मोबाइलको चार्जरले केवल विद्युत प्रवाह गर्ने काम गर्छ । तर यसमा डेटा पढ्न वा आदानप्रदान गर्न सक्ने क्षमता हुँदैन। जबसम्म पेनड्राइभलाई डेटा प्रोसेस गर्न सक्ने डिभाइसमा जोडिँदैन, तबसम्म यसको आन्तरिक कन्ट्रोलर निष्क्रिय वा 'न्यूट्रल मोड' मा रहन्छ। त्यसैले चार्जरबाट बिजुली पुगे पनि यसले पेनड्राइभलाई कुनै हानि गर्दैन।
यद्यपि, यो नतिजा गुणस्तरीय र ब्रान्डेड सामग्रीहरूको हकमा मात्र लागू हुन्छ। यदि चार्जर नक्कली वा कमसल छ अथवा पेनड्राइभ भिजेको छ भने सर्ट सर्किट हुने र उपकरण बिग्रने जोखिम भने रहन्छ। त्यसैले यस्ता प्रयोगहरू गर्दा वा दैनिक जीवनमा इलेक्ट्रोनिक सामान प्रयोग गर्दा सधैं आधिकारिक ब्रान्डका सामग्री मात्र प्रयोग गर्न सुझाव दिइएको छ।

salt training

कमेन्ट गर्नुहोस्