०५ साउन २०८३, मंगलबार

ट्रम्पले क्यानडामा लगाएको करविरुद्ध अमेरिकी संसद्‌मा मतदान

माघ २९, २०८२
काठमाडौं
ट्रम्पले क्यानडामा लगाएको करविरुद्ध अमेरिकी संसद्‌मा मतदान

अमेरिकी कंग्रेस (संसद्)ले क्यानडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करको विरुद्धमा मतदान गरेको छ । सम्बन्धित प्रस्ताव प्रतिनिधि सभामा पारित भएको हो । 

क्यानडामा ट्रम्पको कर खारेज गर्ने प्रस्ताव २१९-२११ को मतले पारित भयो, जसमा क्रस-भोटिंग पनि भयो ।

ट्रम्पको रिपब्लिकन पार्टीका छ जना सांसदले प्रस्तावको पक्षमा मतदान गरे भने डेमोक्र्याटिक पार्टीका एक जना सांसदले यसको विरुद्धमा मतदान गरेको बीबीसीले जनाएको छ । 

मतदानको क्रममा, राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा रिपब्लिकन सांसदहरूलाई चेतावनी दिएका थिए कि करको विरुद्धमा मतदान गर्ने जो कोहीले पनि चुनावको समयमा गम्भीर परिणाम भोग्नेछन्।

उनले क्यानडामा विभिन्न शुल्क लगाएका छन् । हालै, ट्रम्पले क्यानडा र चीन बीचको प्रस्तावित व्यापार सम्झौताको प्रतिक्रियामा क्यानडामा १०० प्रतिशत कर लगाउने धम्की दिएका थिए ।

प्रस्ताव अब अमेरिकी कांग्रेसको दोस्रो सदन सिनेटमा सर्नेछ, जहाँ रिपब्लिकन पार्टीको बहुमत छ। सिनेटबाट पारित भए पनि यो कानून बन्ने सम्भावना कम छ।

salt training

कमेन्ट गर्नुहोस्