२९ असार २०८३, सोमबार

दक्षिण कोरियाका पूर्वगृहमन्त्रीलाई ७ वर्ष कैद

माघ २९, २०८२
काठमाडौं
दक्षिण कोरियाका पूर्वगृहमन्त्रीलाई ७ वर्ष कैद

दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सन् २०२४ मा तत्कालीन राष्ट्रपति युन सुक योलले घोषणा गरेको संक्षिप्त मार्सल ल कार्यान्वयनमा सहयोग गरेको अभियोगमा बिहीबार सात वर्षको जेल सजाय सुनाइएको छ ।

उनीविरुद्धको फैसला सोही सियोल अदालतका फरक न्यायाधीशबाट आएको हो । यो राष्ट्रपति युनविरुद्ध दायर विद्रोहसम्बन्धी मुद्दामा निर्णय आउनुभन्दा एक साताअघि सार्वजनिक भएको हो । युनमाथि लागेको विद्रोहको अभियोगमा अभियोजनकर्ताहरूले मृत्युदण्डको माग गरिरहेका छन् ।

अदालतले गृह मन्त्रालयको नेतृत्व सम्हालेका लीले मार्सल ल कार्यान्वयनमा सहयोग गरेको, साथै सरकारको नीतिको आलोचना गर्ने सञ्चारमाध्यमहरूलाई पानी र बिजुली आपूर्ति काट्न प्रहरी र अग्नि नियन्त्रक प्रमुखहरूलाई आदेश प्रवाह गरेको ठहर गरेको छ ।

यद्यपि, राष्ट्रियसभाका सांसदहरूले सैन्य र प्रहरी नाकाबन्दी तोड्दै सर्वसम्मत रूपमा मार्सल ल हटाउने निर्णय गरेपछि ती निर्देशनहरू कार्यान्वयनमा जान सकेका थिएनन् ।​

लीले भने सञ्चारमाध्यमहरूलाई उपयोगिता सेवा कटौती गर्न कुनै निर्देशन प्राप्त नगरेको वा जारी नगरेको दाबी गरेका थिए ।

उनले राष्ट्रिय फायर एजेन्सीका पूर्वआयुक्त जनरल हेओ सेओक–गोनसहितका अधिकारीहरूको गवाही अस्वीकार गरेका थिए । जसमा उनले फोनमार्फत त्यस्ता आदेश दिएको भनिएको थियो । साथै, मार्सल ल घोषणा गर्ने षड्यन्त्र वा योजना बनाएको आरोप पनि उनले अस्वीकार गरेका थिए ।

न्यायाधीश रयु क्युङ–जिनले अन्य अधिकारीहरूको गवाही, सुरक्षा क्यामेरा दृश्य र उपलब्ध प्रमाणहरूले लीले युनको आदेश पालना गर्ने प्रयास गरेको स्पष्ट देखाएको बताए ।

उनका अनुसार मार्सल ल कार्यान्वयनमा लीले महत्त्वपूर्ण भूमिका खेलेको तथ्य निर्विवाद छ ।

salt training

कमेन्ट गर्नुहोस्