२९ जेठ २०८३, शुक्रबार

टी-२० विश्वकप क्रिकेट : १९ वर्षपछि जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो

फागुन १, २०८२
काठमाडौं
टी-२० विश्वकप क्रिकेट : १९ वर्षपछि जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो

आईसीसी टि-२० विश्वकपमा जिम्बाब्वेले अष्ट्रेलियालाई पराजित गरेको छ । टी-२० विश्वकपको १९ औं खेलमा जिम्बाब्वेले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको हो । 

जिम्बाब्वेले दिएको १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.३ ओभरमै १४६ रनमात्रै बनाएर अलआउट भयो ।

अस्ट्रेलियाका म्याट रेनशाले ६५ रन बनाएर पनि हार टार्न सकेनन् । ग्लेन म्याक्सवेल ३१ रन बनाए पनि अरूले ठूलो स्कोरमा रन बनाउन सकेनन् । 

बलिङतर्फ जिम्बाब्वेका ब्लेसिङ मुजारबानीले चार विकेट लिए भने ब्राड इभान्सले तीन तथा वेलिङटन मसाकदजा र रायन बुरीले एक–एक विकेट लिए ।

जिम्बाब्वेका लागि ब्रायन बेनेटले ५६ बलमा अविजित ६४ रन बनाए।  उनीबाहेक, तादिवानेश मारुमानी र रायन बर्लले ३५-३५ रन बनाए।

कप्तान सिकन्दर रजा १३ बलमा २५ रनमा अविजित रहे। अष्ट्रेलियाका लागि मार्कस स्टोइनिस र क्यामरुन ग्रिनले एक-एक विकेट लिए। जिम्बाब्वेले १९ वर्षअघि २००७ मा पनि लिग चरणमा अस्ट्रेलियालाई हराएको थियो।

कमेन्ट गर्नुहोस्