२७ असार २०८३, शनिबार

टी–२० विश्वकप : युएईले जितको खाता खोल्यो, क्यानडालाई ५ विकेटले हरायो

फागुन १, २०८२
काठमाडौं
टी–२० विश्वकप : युएईले जितको खाता खोल्यो, क्यानडालाई ५ विकेटले हरायो

आइसीसी पुरुष टी–२० विश्वकप २०२६ को २० औँ खेलमा क्यानडा र  संयुक्त अरब इमिरेट्स (युएई)बीच प्रतिस्पर्धा भएको छ । दिल्लीको अरुण जेटली स्टेडियममा भएको समूह ‘डी’को यस खेलमा युएईले क्यानडालाई ५ विकेटले पराजित गरेको छ । 

क्यानडाले दिएको १५१ रनको लक्ष्य युएईले १९.४ ओभरमा पूरा गर्‍यो । 

युएईको रन चेसमा ओपनर आर्यनश शर्माले महत्त्वपूर्ण भूमिका खेले । आर्यनशले ५३ बलमा अविजित ७४ रन बनाए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । सोहेब खानले पनि २९ बलमा ५१ रन बनाए । उसमा चार छक्का र चार चौका समावेश थिए । आर्यनश र सोहेबले पाँचौं विकेटको लागि ८४ रनको साझेदारी गरे । यसले खेललाई उल्ट्यायो । 

क्यानडाका लागि साद बिन जफरले तीन विकेट लिए ।  

टस जितेर पहिले ब्याटिङ गरेपछि क्यानडाले ७ विकेटमा १५० रन बनाएको थियो । हर्ष ठाकरले ४१ बलमा ३ छक्का र २ चौकाको मद्दतले ५० रन योगदान गरे ।  नवनीत धालीवालले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै २८ बलमा ४ चौकाको मद्दतले ३४ रनको इनिङ खेले । विकेटकिपर ब्याट्सम्यान श्रेयस मोवाले पनि उपयोगी २१ रन बनाए । 

युएईका फास्ट बलर जुनैद सिद्दिकीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए ।  

टी–२० विश्वकप २०२६ मा युएईको यो पहिलो जित हो । क्यानडाले भने अझै खाता खोल्न सकेको छैन । क्यानडा आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग ५७ रनले पराजित भएको थियो । यसैबीच, युएई आफ्नो पहिलो खेलमा न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो ।  

 

salt training

कमेन्ट गर्नुहोस्