२६ असार २०८३, शुक्रबार

तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने, कस्तो रहला देशभरको मौसम ?

फागुन २, २०८२
काठमाडौं
तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने, कस्तो रहला देशभरको मौसम ?

हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो तराई भू–भागका केही स्थानमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ । 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा  साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली  भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । 

तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ महाशाखाले जनाएको छ । 

कोशी, गण्डकी र कर्णालीको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्