२१ असार २०८३, आइतबार

एलेक्सी नभाल्नीलाई मार्न प्रयोग गरिएको भनिएको 'डार्ट फ्रग'को विष के हो ?

फागुन ४, २०८२
काठमाडौं
एलेक्सी नभाल्नीलाई मार्न प्रयोग गरिएको भनिएको 'डार्ट फ्रग'को विष के हो ?

रुसी विपक्षी नेता एलेक्सी नभाल्नीको हत्यामा दक्षिण अमेरिकामा पाइने एक विशेष प्रकारको विषाक्त भ्यागुताको विष प्रयोग भएको खुलासा भएको छ।

 बेलायत र उसका युरोपेली सहयोगी राष्ट्रहरूका अनुसार नभाल्नीको शरीरको नमुनामा 'एपिप्याटिडाइन' नामक घातक टक्सिन फेला परेको हो ।

एपिप्याटिडाइन एक प्राकृतिक 'न्युरोटोक्सिन' हो, जुन मुख्य गरी इक्वेडर र पेरुमा पाइने 'एन्थोनिस पोइजन एरो फ्रग'को छालामा पाइन्छ। विष सम्बन्धी विज्ञहरूका अनुसार यो विष दुखाइ कम गर्न प्रयोग गरिने औषधी 'मर्फिन' भन्दा २०० गुणा बढी शक्तिशाली र घातक हुन्छ। 

यो विष रुसमा प्राकृतिक रूपमा पाइँदैन । जसले गर्दा यसको प्रयोगमा रुसी राज्यकै हात रहेको पश्चिमी देशहरूको दाबी छ।
यो शक्तिशाली रासायनिक यौगिकले मानिसको स्नायु प्रणालीमा सीधा आक्रमण गर्छ। शरीरमा यो विष प्रवेश गरेपछि यसले स्नायुका रिसेप्टरहरूलाई उत्तेजित गराई मांसपेशीलाई पक्षघात गराउँछ। यसका कारण मुटुको गति कम हुने, शरीर काम्ने र अन्ततः श्वासप्रश्वास प्रक्रिया नै बन्द भई मानिसको निस्सासिएर मृत्यु हुन्छ।

यो विष अत्यन्तै दुर्लभ मानिन्छ किनभने यो जङ्गली भ्यागुताले खाने विशेष प्रकारका किराहरूबाट मात्र उत्पादन हुन्छ। प्रयोगशालामा बाहेक यो विष अन्यत्र पाउन असम्भव जस्तै रहेको विज्ञहरूको भनाइ छ।
दुई वर्षअघि ४७ वर्षको उमेरमा साइबेरियाको जेलमा नभाल्नीको रहस्यमय मृत्यु भएको थियो। रुसले भने नभाल्नीको मृत्यु प्राकृतिक कारणले भएको दाबी गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्