२८ असार २०८३, आइतबार

नेकपाका महासचिव ऋषि कट्टेलसहित ४ जना पक्राउ

फागुन ६, २०८२
काठमाडौं
नेकपाका महासचिव ऋषि कट्टेलसहित ४ जना पक्राउ
फाइल फोटो

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले कट्टेललाई आज कीर्तिपुरबाट पक्राउ गरिएको जानकारी दिए ।

हालसम्म कट्टेलसँगै निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा चार जनालाई पक्राउ गरिएको उनले बताए ।

उनका अनुसार मङ्गलबार राति नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बाँस्तोला, नेता विष्णुप्रसाद तिमिल्सिना र दुर्गा प्रसाईं समूहका एसपी साहलाई पनि पक्राउ गरिएको छ ।

उनीहरूले निर्वाचन बहिष्कार गर्ने अभिव्यक्ति दिएका थिए ।

नेकपा, नेकपा बहुमतलगायत केही साना दलले निर्वाचन बहिष्कार गर्दै निर्वाचनविरोधी गतिविधि गरिरहेकाले प्रहरीले उनीहरूलाई निगरानीमा राखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्