२३ असार २०८३, मंगलबार

ट्रम्प निवासमा छिर्न खोजेका हतियारधारीलाई गोली हानेर मारियो

फागुन ११, २०८२
काठमाडौं
ट्रम्प निवासमा छिर्न खोजेका हतियारधारीलाई गोली हानेर मारियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवास परिसरमा प्रवेश गरेका एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेको छ ।

घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने उनको परिवारका सदस्य फ्लोरिडास्थित घरमै थिए । उनीहरू सुरक्षित रहेको अधिकारीहरूले बताएका छन् ।

स्थानीय सुरक्षा अधिकारीका अनुसार उक्त व्यक्तिलाई अमेरिकी स्टेट सिक्रेट सर्भिसका एजेन्ट र पाम बीच काउन्टी शेरिफका सुरक्षा अधिकारीहरूले रोक्ने प्रयास गरेका थिए । शुरूमा सुरक्षाकर्मीले ती व्यक्तिलाई हतियार छोड्न आदेश दिएका थिए । तर, उनले पेट्रोलको डिब्बा भुईंमा राखे पनि शटगन चलाउन खोजेपछि गोली चलाउनुपरेको पाम बीच काउन्टीका शेरिफ रिक ब्रेडशाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार घटनास्थलबाट एक पेट्रोलको डिब्बा र शटगन बरामद भएको छ । घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन् ।

मृतक २० वर्षीय र उत्तरी क्यारोलिनाका बासिन्दा थिए । उनको पहिचान अझै सार्वजनिक गरिएको छैन । 

ट्रम्पको सुरक्षामा पहिले पनि त्रुटिहरू भएका छन् । जुलाई १३, २०२४ मा ट्रम्पलाई र्‍यालीको क्रममा एक आक्रमणकारीले गोली हानेको थियो । उनी त्यतिबेला राष्ट्रपति थिएनन् । यो आक्रमण राष्ट्रपति चुनावको चार महिनाअघि मात्र भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्