१७ असार २०८३, बुधबार

यातायात कार्यालय नेपालगञ्जका तत्कालीन प्रमुखसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फागुन १४, २०८२
काठमाडौं
यातायात कार्यालय नेपालगञ्जका तत्कालीन प्रमुखसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय नेपालगञ्ज बाँकेका तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनारसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गलत लिखत एवं गलत प्रतिवेदन तयार तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

प्रवक्ता न्यौपानेका अनुसार भारतीय चोरीका तीन वटा गाडी आर्थिक लेनदेन गरी दर्ता गरेको र बाहिर हल्ला भएपछि संलग्न कर्मचारीहरूले ती गाडी मध्ये एउटा गाडीको दर्ता बदर गरेकोले कारबाहीको माग गर्दै आयोगमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अनुसन्धानपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले उनीहरूलाई कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।

यस्तो छ अभियोगपत्र :

salt training

कमेन्ट गर्नुहोस्