
गुरुग्रामस्थित मेदान्त- द मेडिसिटी भारतकै नम्बर १ अस्पताल घोषित भएको छ । न्युजविकले सार्वजनिक गरेको विश्वका सर्वोच्कृष्ट अस्पताल-२०२६ को सूचीमा मेदान्त अस्पताल भारतमा एक नम्बरमा परेको हो । यो सम्मान अस्पतालले लगातार सातौँ वर्ष हासिल गरेको हो ।
सन् २०२६ को सूचीमा भारत, अष्ट्रेलिया, क्यानडा, जर्मनी, जापान, सिंगापुर, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकासहित ३२ देशका २ हजार ५ सयभन्दा बढी अस्पतालको मूल्याङ्कन गरिएको थियो । मूल्याङ्कनका आधारमा हजारौँ चिकित्सा विशेषज्ञहरूको सिफारिस, बिरामीको अनुभवसम्बन्धी तथ्यांक, अस्पतालको गुणस्तर मापदण्ड तथा बिरामी–रिपोर्ट गरिएको न्युजविकले जनाएको छ ।
मेदान्तले आफ्नो मार्गदर्शक दर्शन ‘हर एक जान अनमोल’ (हरेक जीवन अमूल्य छ) अनुरूप सबैका लागि विश्वस्तरीय स्वास्थ्य सेवा पहुँचयोग्य बनाउने लक्ष्य लिएको जनाएको छ। अस्पतालले उन्नत उपचार, अत्याधुनिक प्रविधि र सुधारिएको उपचार परिणाममा जोड दिँदै आएको छ।
एआई, रोबोटिक्स र स्वचालनजस्ता प्रविधिमा रणनीतिक लगानीमार्फत मेदान्तले पूर्वाधार र प्रविधिलाई एकीकृत गर्दै बिरामीको अनुभव र क्लिनिकल परिणाम सुधार गरिरहेको जनाएको छ। साथै, अनुसन्धान र नवप्रवर्तनमार्फत भारतसहित अन्तर्राष्ट्रिय स्तरका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ।