![मध्यपूर्व तनावको असर : त्रिभुवन विमानस्थलमा अन्योलमा यात्रु [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Tia_Airport_5_WLon8wGglN.jpg)
मध्यपूर्वका देशमा बढेको तनावको असर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि परेको छ । त्यस क्षेत्रका विभिन्न सात वटा विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।
सारजहा, दोहा, दुबई, कुवेत सिटी, आबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यहाँ हुने उडान रद्द गरिएको छ ।
उडान रद्द भएपछि शनिबारदेखि नै यात्रुहरू अलपत्र परेका छन् ।
आइतबार बिहान पनि यात्रुहरू अन्योलमा यताउता गरिरहेका छन् । विमानस्थलमा अनेक सूचना टाँसिएका छन् ।
तस्वीरहरू :









