०५ साउन २०८३, मंगलबार

रञ्जितालाई ५ लाख धरौटीमा छाड्ने विशेषको आदेशविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग
फागुन १७, २०८२
काठमाडौं
रञ्जितालाई ५ लाख धरौटीमा छाड्ने विशेषको आदेशविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

पूर्वमन्त्री श्रेष्ठसमेत रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा ५ लाख धरौटीमा मुद्दाको पुर्पक्ष गर्ने आदेश बेरीतको रहेकाले त्यसलाई बदर गरी थुनामा राखी मुद्दाको पुर्पक्ष गरीपाउँ भनी आयोगले आइतबार सर्वोच्च अदालत निवेदन दिएको हो ।

आयोगले यो मुद्दामा ७८ लाख बिगो कायम गरेर गत असोज २२ मा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो ।

तर, विशेष अदालतले यही फागुन १० गते थुनछेक आदेश गरेको थियो । उक्त दिन विशेषले गरेको आदेश अनुसार रञ्जिताले ५ लाख धरौटी बुझाएकी थिइन् ।

‘..थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को परिच्छेद ७ अन्तर्गतको दफा ७३ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १५ बमोजिम सम्मानित सर्वोच्च अदालतसमक्ष मिति २०८२/११/१७ मा निवेदनपत्र दर्ता गरिएको छ’, आयोगका प्रवक्ता सुरेश न्यौपानेले भनेका छन् ।

यही मुद्दामा प्रतिवादी बनाइएका पूर्वमन्त्री राजकुमार गुप्तालाई भने विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । 

हेर्नुहोस् अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा दायर गरेको निवेदन :

salt training

कमेन्ट गर्नुहोस्