०९ साउन २०८३, शनिबार

मध्यपूर्वमा अलपत्र नेपालीलाई जहाँ छन् त्यहीँ सुरक्षित राखिने

फागुन १७, २०८२
काठमाडौं
मध्यपूर्वमा अलपत्र नेपालीलाई जहाँ छन् त्यहीँ सुरक्षित राखिने

सरकारले मध्यपूर्वका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई उनीहरू रहेकै स्थानमा सुरक्षित राख्ने प्रबन्ध मिलाउने भएको छ ।

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र रहेका नेपालीलाई जहाँ छन् त्यहीँ सुरक्षा दिएर राख्ने प्रबन्ध मिलाउने निर्णय गरेको हो ।

नेपाल फर्किन चाहनेहरूका लागि पनि विमानस्थल बन्द रहेकाले उद्धार गर्न सकिने अवस्था नरहेको परराष्ट्र मन्त्री बालानन्द शर्माले जानकारी दिए । 

अहिले मध्यपूर्वी क्षेत्रका कतार, कुवेत, दुबई, शारजाह, आबुधाबी, साउदी अरबको दमाम र रियादका विमानस्थल बन्द छन् ।

‘अहिलेलाई सबै विमानस्थल बन्द छन् । त्यसैले कसैलाई फर्काउन र अघि ल्याउन सकिँदैन । अहिले जहाँ छ त्यहीँ सुरक्षा दिएर राख्ने छलफल भएको छ’, मन्त्री शर्माले भने । 

मध्यपूर्वको तनावले नेपालमा परेको प्रभाव र आफ्नो देशले कसरी प्रतिक्रिया दिने भन्नेबारे पनि मन्त्रपरिषद् बैठकमा छलफल भएको मन्त्री शर्माले जानकारी दिए । 

उनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यपूर्वी क्षेत्र जानका लागि अलपत्र परेका यात्रुहरूको समस्या समाधान भइसकेको मन्त्री शर्माले बताए । 

यसका लागि श्रम मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयले सहकार्य गरी समाधान गरेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्