०२ साउन २०८३, शनिबार

देशलाई अनुभव र संयम भएको नेतृत्व चाहिएको छ- विश्वप्रकाश शर्मा

फागुन १८, २०८२
काठमाडौं
देशलाई अनुभव र संयम भएको नेतृत्व चाहिएको छ- विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशलाई अनुभव र संयम भएको नेतृत्व चाहिएको बताएका छन् । 

सोमबार ओखलढुंगा र उदयपुरमा आयोजित नेपाली कांग्रेसका दुईवटा चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावमा कसले जित्नेभन्दा पनि देशलाई कसले सम्हाल्न सक्छ भन्ने प्रश्न मुख्य भएको बताएका हुन् ।

‘आज देशलाई अनुभवसँगै ऊर्जा, ऊर्जासँगै नयाँ भिजन, भिजनसँगै टीम स्पिरिट अनि टीम स्पिरिटसँगै संयम भएको नेतृत्व चाहिएको छ’, शर्माले भने, ‘त्यस्तो नेतृत्वका रूपमा हामीले सभापति गगन थापालाई अघि सारेका छौं । मतदाताको एक/एक मतको विश्वास हामी खण्डित हुन दिने छैनौं ।’

नयाँ हेर्ने भन्ने नाममा २०६४ को गल्ती देशले दोहोर्‍याउन नहुने शर्माको टिप्पणी छ । 

‘आज देशलाई ०७० को झैं विवेक चाहिएको छ । आँधी आएको बेला सिकारूले नाउ चलाए फेवातालमा नाउ डुब्न सक्छ भन्ने परिपक्वता हामीले राख्नु छ’, शर्माले भने । 

salt training

कमेन्ट गर्नुहोस्