३१ असार २०८३, बुधबार

दुबईका विमानस्थल आंशिक खुला

फागुन १८, २०८२
काठमाडौं
दुबईका विमानस्थल आंशिक खुला

मध्यपूर्व संकटका कारण उडान अवरुद्ध भएका दुबई विमानस्थलहरुले आज साँझदेखि उडान सेवाहरू सीमित रूपमा पुनः सुरु गर्न लागेका छन्। दुबई अन्तर्राष्ट्रिय विमानस्थल र दुबई वर्ल्ड सेन्ट्रल – अल मकतूम इन्टरनेशनलबाट केही निश्चित संख्यामा उडानहरू सञ्चालन गर्न अनुमति दिइएको हो।

विमानस्थल प्रशासनले एक सूचना जारी गर्दै यात्रुहरूलाई आफ्नो उडानको समय सुनिश्चित नभई विमानस्थल नजान आग्रह गरेको छ। सूचनामा भनिएको छ, 'जबसम्म तपाईंको एयरलाइनले तपाईंलाई सिधै सम्पर्क गरेर उडानको समय निश्चित भएको जानकारी दिँदैन, तबसम्म कृपया विमानस्थलतर्फ नआउनुहोला।'

अहिलेका लागि थोरै संख्यामा मात्र उडानहरू सञ्चालन हुने भएकाले विमानस्थलमा हुन सक्ने अनावश्यक भीड कम गर्न र यात्रुहरूको सहजताका लागि यो निर्णय लिइएको हो। 

दुबई भएर यात्रा गर्ने वा दुबईबाट बाहिरिने यात्रुहरूलाई आफ्नो सम्बन्धित एयरलाइनसँग निरन्तर सम्पर्कमा रहन र उडानको पछिल्लो अवस्थाबारे जानकारी लिन सुझाव दिइएको खाजिल टाइम्सले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्