१७ असार २०८३, बुधबार

इरानी रिभोल्युसनरी गार्डसँग आबद्ध १० जना कतारमा पक्राउ

फागुन २०, २०८२
काठमाडौं
इरानी रिभोल्युसनरी गार्डसँग आबद्ध १० जना कतारमा पक्राउ

कतारको सुरक्षा निकायले इरानी इस्लामिक रिभोल्युसनरी गार्डका लागि जासुसी गतिविधिमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरेको जनाएको छ।

कतारको सरकारी समाचार एजेन्सीका अनुसार बुधबार बिहान सञ्चालन गरिएको विशेष अपरेशनमार्फत दुई फरक–फरक समूहमा आबद्ध संदिग्धहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका सात जनाको समूहले कतारका महत्वपूर्ण नागरिक तथा सैन्य पूर्वाधारसम्बन्धी गोप्य सूचना संकलन गर्ने जिम्मेवारी लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ। बाँकी तीन जनाले ड्रोन सञ्चालनसम्बन्धी विशेष तालिम लिएर त्यसैको प्रयोगमार्फत जासुसी गतिविधि अघि बढाउन खोजेको आरोप लगाइएको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार पक्राउ परेकाहरूले आफूहरू आईआरजीसीसँग सम्बद्ध रहेको स्वीकार गरेका छन्। उनीहरूलाई कतारमा जासुसी तथा सम्भावित विध्वंसात्मक गतिविधि सञ्चालन गर्न खटाइएको बयान दिएको समाचारमा उल्लेख छ।

salt training

कमेन्ट गर्नुहोस्