०२ साउन २०८३, शनिबार

इरानमा अब चयन हुने सर्वोच्च नेतालाई समेत मार्ने इजरायलको धम्की !

फागुन २०, २०८२
काठमाडौं
इरानमा अब चयन हुने सर्वोच्च नेतालाई समेत मार्ने इजरायलको धम्की !

इजरायलले इरानका आगामी सर्वोच्च नेताका रूपमा जोसुकै चयन भए पनि उनलाई ‘मार्ने’ धम्की दिएको छ । 

इजरायलका रक्षामन्त्री इजरायल क्याट्जले इरानले चयन गर्ने आगामी सर्वोच्च नेतालाई लक्षित गर्दै कडा चेतावनी दिएका हुन् । 

उनले इरानको अर्को सर्वोच्च नेता ‘नष्ट गर्ने लक्ष्य’ हुने बताएका छन् ।

क्याट्जले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘इजरायललाई नष्ट गर्ने योजना निरन्तरता दिन, संयुक्त राज्य अमेरिका, स्वतन्त्र विश्व तथा क्षेत्रका देशहरूलाई धम्की दिन र इरानी जनतालाई दमन गर्न इरानी आतंकवादी शासनले नियुक्त गर्ने हरेक नेता नष्ट गर्ने लक्ष्य बन्नेछ ।’

इजरायलले मंगलबार इरानको एक्सपर्ट्सको सभासँग सम्बन्धित एउटा भवनलाई लक्षित गरी आक्रमण गरेको थियो । उक्त सभाले नयाँ सर्वोच्च नेता चयन गर्नेछ ।

यसअघि इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता ८६ वर्षीय आयतोल्लाह अली खामेनीको मृत्यु भएको थियो । त्यसपछि युद्ध शुरू भएको बताइएको छ ।

इरानले पनि जवाफी कारबाही गरिरहेको छ । खामेनी मारिएपछि इरानमा अर्को सर्वोच्च नेता चुनिएका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्