०६ साउन २०८३, बुधबार

शीतल निवासमा राष्ट्रपति-प्रधानमन्त्री भेट

फागुन २०, २०८२
काठमाडौं
शीतल निवासमा राष्ट्रपति-प्रधानमन्त्री भेट

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेकी छन् । 

बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । 

भेटमा समसामयिक राजनीति तथा बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराइन् ।

उनले निर्वाचनको सबै तयारी पूरा भएको र स्वच्छ, शान्त र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न सरकारले सुरक्षा व्यवस्था चुस्त बनाएको बताइन् ।

राष्ट्रपति पौडेलले छोटो अवधिमै विभिन्न अन्योल चिरेर निर्वाचनको वातावरण बनाएको भन्दै सरकार र प्रधानमन्त्री कार्कीको प्रशंसा गरे । 

salt training

कमेन्ट गर्नुहोस्