
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले मतदान गरेका छन् ।
आफूले बिहीबार बिहान मतदान गरेको सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिएका छन् ।
उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ टोखा नगरपालिका १० मनोहर माविबाट मतदान गरेका हुन् ।
‘सुशासन र समृद्धिको पक्षमा मेरो मत,’ उनले लेखेका छन् ।
उनी काठमाडौं ६ बाट उम्मेदवार रहेका छन् ।
यसअघि पनि उनले यहीबाट चुनाव जितेका थिए।