३१ असार २०८३, बुधबार
प्रतिनिधि सभा निर्वाचन

मध्याह्न १२ बजेसम्म ३१ लाखले गरे मतदान

फागुन २१, २०८२
काठमाडौं
मध्याह्न १२ बजेसम्म ३१ लाखले गरे मतदान

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान भएको छ । 

मध्याह्न १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार यो कूल मतदाताको १८ प्रतिशत हो ।

बिहान ७ बजेदेखि मतदान शुरू भएको थियो । साँझ ५ बजेसम्म मतदान जारी रहनेछ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुँदैछ ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले देशभर उत्साहपूर्वक मतदान भैरहेको बताए । 

प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र अन्य एक गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 
 
सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । 
 
निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यसैगरी, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएका निर्वाचन आयोगले जनाएको छ ।
 
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय भएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्