
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापामा ५० प्रतिशत मतदान भएको छ । पाँचवटै निर्वाचन क्षेत्रमा गरी कूल ३ लाख ५६ हजार १८९ मत खसेको हो ।
जिल्लाभर कूल ७ लाख १३ हजार ५३७ मतदाता रहेकोमा आधा मतदाताले मात्रै आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
तथ्यांक अनुसार पुरुषको तुलनामा महिला मतदाताको सहभागिता बढी देखिएको छ । कूल खसेको मतमध्ये महिला १ लाख ८६ हजार ९४२ र पुरुष १ लाख ६९ हजार २४७ रहेका छन् ।
झापाका पाँच निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी प्रतिशत मत खसेको छ । यस क्षेत्रमा कूल १ लाख ६३ हजार ३७९ मतदातामध्ये ५४ प्रतिशत अर्थात् ८८ हजार ६४४ मत खसेको छ ।
त्यसैगरी, क्षेत्र नम्बर ३ मा ५३ प्रतिशत मतदान भएको छ भने क्षेत्र नम्बर २ मा ४९ प्रतिशत र क्षेत्र नम्बर १ मा ४७ प्रतिशत मत खसेको छ । क्षेत्र नम्बर ४ मा सबैभन्दा कम मतदान भएको छ । यस क्षेत्रमा कूल १ लाख ३० हजार ७१२ मतदाता रहेकोमा ४५ प्रतिशत अर्थात् ५९ हजार ३९० मत मात्र खसेको छ ।
क्षेत्र नं. १: ४७ प्रतिशत (६२,००९ मत)
क्षेत्र नं. २: ४९ प्रतिशत (७२,१९० मत)
क्षेत्र नं. ३: ५३ प्रतिशत (७३,९५६ मत)
क्षेत्र नं. ४: ४५ प्रतिशत (५९,३९० मत)
क्षेत्र नं. ५: ५४ प्रतिशत (८८,६४४ मत)