२८ असार २०८३, आइतबार

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

फागुन २१, २०८२
बाग्लुङ
बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन् ।

आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आमाको निधन भएको छैठौं दिनमा धम्जा मतदान केन्द्रबाट दीपेन्द्र रानाले मतदान गरेका हुन् ।

आमाको काजक्रियामा रहे पनि मतदान गर्ने अवसरको सदुपयोग गरेको उनले बताए । राना नेपाली कांग्रेस काठेखोला–३ का वडा सभापति समेत हुन् ।

उनले भने, 'चुनाव भनेको सही नेतृत्व चयन गर्ने महत्त्वपूर्ण दिन भएकोले मैले यो अवसरलाई गुमाउन चाहिनँ ।'

salt training

कमेन्ट गर्नुहोस्