२८ असार २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन

सकियो मतदान, मतपेटिका संकलन जारी

फागुन २१, २०८२
काठमाडौं
सकियो मतदान, मतपेटिका संकलन जारी

बिहीबार देशभर छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । 

मतदान सकिएपछि अहिले धमाधम मतपेटिका सिल लगाएर मतगणना क्षेत्रमा ल्याउने काम शुरू भएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार केही मतदानस्थलमा पाँच बजे अगावै मतदाता लाइनमा बसेकाले मतदान भइरहेको छ ।

मतपेटिका संकलन गरेर आजै केही क्षेत्रको मतगणना शुरू गर्ने निर्वाचन आयोगले जनाएको छ । 

दोलखाको तामाकोशी गाउँपालिका–४ मालु मतदान स्थलमा अहिले पनि मतदान भइरहेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले बताएका छन् । 

प्रहरी प्रवक्ता एवं डीआईजी अबिनारायण काफ्लेका अनुसार समग्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । 

निर्वाचन आयोगले अहिले केहीबेरमै पत्रकार सम्मेलनमार्फत् विस्तृत जानकारी दिने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्