२९ असार २०८३, सोमबार

मोरङमा राति ९ बजेसम्ममा मतपेटिका संकलन भइसक्ने

फागुन २१, २०८२
काठमाडौं
मोरङमा राति ९ बजेसम्ममा मतपेटिका संकलन भइसक्ने

मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रबाट मतपेटिका मतगणनास्थलमा ल्याउने क्रम शुरू भएको छ । 

जिल्ला प्रशासन कार्यालय मोरङले उपलब्ध गराएको तथ्यांक अनुसार जिल्लाभर कूल ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५१४ जनाले अर्थात् ६४.५६ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका छन् । 

मतदान प्रक्रियामा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देखिएको छ । २ लाख ६२ हजार १९६ महिला, २ लाख ४३ हजार ३१६ पुरुष र २ जना अन्यले मतदाताले मतदान गरेका छन् ।

जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये मोरङ क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी ७१.२८ प्रतिशत अर्थात् ७८ हजार ५२९ मत खसेको छ भने क्षेत्र नम्बर १ मा सबैभन्दा कम ६०.३६ प्रतिशत अर्थात् ७७ हजार ५८५ मत खसेको छ । 

अन्य क्षेत्रहरूको विवरण अनुसार क्षेत्र नम्बर २ मा ६२.९७ प्रतिशत अर्थात् ८१ हजार ३४५ मत, क्षेत्र नम्बर ३ मा ६१.१७ प्रतिशत अर्थात् ९६ हजार ६७७ मत, क्षेत्र नम्बर ४ मा ६७.१५ प्रतिशत अर्थात् ८० हजार ८४ मत र क्षेत्र नम्बर ६ मा ६६.२३ प्रतिशत अर्थात् ९१ हजार २९२ मत खसेको छ ।

हाल जिल्लाका सबै ८८८ वटा मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम भइरहेको छ ।  मोरङका प्रहरी प्रमुख, एसपी कवित कटुवालले बताएअनुसार राति ९ बजेसम्ममा सबै मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्नेछन् । 

यद्यपि, भौगोलिक बनावटका कारण क्षेत्र नम्बर १ का मतपेटिका मतगणनास्थलसम्म आइपुग्न केही बढी समय लाग्ने देखिएको छ।

salt training

कमेन्ट गर्नुहोस्