३१ असार २०८३, बुधबार

कास्कीमा करिब ६१ प्रतिशत मत खस्यो, मतगणना आजैदेखि

फागुन २१, २०८२
पाेखरा
कास्कीमा करिब ६१ प्रतिशत मत खस्यो, मतगणना आजैदेखि

कास्कीमा आज बिहीबार रातिदेखि नै मतगणना शुरू हुने भएको छ । 

मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेका अनुसार मतगणनास्थलमा मतपेटिका आएपछि सर्वदलीय बैठक बस्नसाथ मतगणना शुरू गरिनेछ । 

पोखराका मुख्य बजारबाट मतदान सकिएलगत्तै मतपेटिका मतगणनास्थलमा पुर्‍याइसकिएको छ । 

कास्की क्षेत्र नम्बर २ को सबै स्थानबाट मतपेटिका आइसकेको छ । अब केहीबेरमा यस क्षेत्रको मतगणना शुरू गरिने भएको छ । 

यता, कास्की १ र ३ को भने मतपेटिका आउने क्रम जारी छ । करिब एक डेढ घण्टामा अन्य स्थानबाट पनि मतपेटिका पोखरा आइपुग्नेछन् ।

प्रारम्भिक संख्यामा कास्कीमा १ लाख ८९ हजार २६७ मत अर्थात् ६१ प्रतिशत मत खसेको छ ।

salt training

कमेन्ट गर्नुहोस्