
प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भएको निर्वाचनमा दाङमा ५८ प्रतिशत मत खसेको छ ।
प्रदेश निर्वाचन कार्यालय लुम्बिनीले सार्वजनिक गरेको विवरणअनुसार जिल्लाभर कूल ५८.३३ प्रतिशत मत खसेको हो ।
४ लाख ३१ हजार ६८६ मतदातामध्ये २ लाख ५१ हजार ८१९ मत खसेको छ ।
दाङ क्षेत्र नम्बर १ मा कूल १ लाख ४० हजार १ मतदातामध्ये ८० हजार ९२० मत खसेको छ । यस्तै, क्षेत्र नम्बर २ मा कूल १ लाख ४० हजार ९६५ मतदातामध्ये ८२ हजार ६२६ मत खसेको छ ।
क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी मतदान भएको छ । यहाँ कूल १ लाख ५० हजार ७२० मतदातामध्ये ८८ हजार २७३ मत खसेको छ ।
यस क्षेत्रमा ३८ हजार ६६१ पुरुष र ४९ हजार ६१२ महिला मतदाताले मतदान गरेका छन् ।