
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा पहिलो जीत हासिल गरेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना (न्यौपाने) छोराको न्वारन सकेर विजयी जुलुसमा सहभागी हुने भएकी छिन् ।
काठमाडौं–१ बाट १५ हजार ४५५ मत ल्याएर विजयी भएकी दर्शनाले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएकी छन् ।
उनले भनेकी छन्, ‘यो विजय देशको । परिवर्तन पक्षको ।’
उनले काठमाडौं–१ का मतदाताले घण्टीमा मत दिएर आफूलाई विजयी गराएकोमा धन्यवाद दिएकी छिन् ।
‘हाल हामी परिवार बाबुको न्वारन कार्यक्रममा छौं । यो सम्पन्न हुनेबित्तिकै बानेश्वरस्थित सहकारी विभागमा हजुरहरूसँगै उपस्थित हुनेछु’, उनले लेखेकी छन्, ‘करिब ११:३० बजे । हामी सबै देशप्रेमीहरू त्यहीँ भेटौँ है ।’
दर्शनाका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ र राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले तीन हजार ९७२ मतमा चित्त बुझाए ।