२८ असार २०८३, आइतबार
उम्मेदवारी खारेज विवाद

धनुषा-१ मा घण्टीको छुट्टै लगत राख्न आयोगको निर्देशन, बाँकी गणना गरेर नतिजा निकालिने

फागुन २२, २०८२
काठमाडौं
धनुषा-१ मा घण्टीको छुट्टै लगत राख्न आयोगको निर्देशन, बाँकी गणना गरेर नतिजा निकालिने

धनुषा-१ मा उम्मेदवारी खारेज गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्नमा परेको मतको लगत छुट्टै राखेर बाँकी गणना गर्न भनिएको छ । 

निर्वाचन आयोगले घण्टीको छुट्टै लगत राखेर बाँकी गणना गर्न निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो । 

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रत्यक्षतर्फको घण्टीको मत छुट्टै राखेर गणना गर्न निर्देशन दिइएको छ ।

‘हामीले घण्टीको छुट्टै लगत राखेर बाँकी गणना गर्न निर्देशन दिएका छौं,’ भण्डारीले लोकान्तरसँग भने ।

धनुषा-१ मा उम्मेदवारी रद्द गरिए पनि मतपत्रमा रास्वपाको चुनाव चिह्न कायमै रहेको तथा खसेको मत संकेतलाई के गर्ने विषयमा निर्णय नहुँदा मतगणना शुरू हुन सकेको छैन । 

धनुषा-१ का निर्वाचन अधिकृत मनोज बरालका अनुसार आयोगबाट भएको निर्देशन बमोजिम घण्टीको छुट्टै लगत राखी बाँकी रहेको मतपत्रको नियमानुसार गणना गरी निर्वाचन परिणाम प्रकाशन गरिने बताए ।

उम्मेदवारी बदर गरिएका रास्वपाका उम्मेदवार किशोरी साह कमलले सर्वोच्च अदालतमा निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दायर गरेका थिए । रिटको पेसी फागुन २५ गते तोकिएको छ ।

सोही कारण आयोगले बीचको निर्णय लिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्