
झापा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यतर्फको पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु प्रसाद ढकालले फराकिलो अग्रता बनाएका छन् ।
जम्मा ३ हजार ५ सय ३४ मत गणना हुँदा ढकालले १ हजार ७ सय ७५ मत प्राप्त गरेका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका लाल प्रसाद साँवा लिम्बुले ५ सय ७९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेले ४ सय ५२ मत पाएका छन् ।
यस्तै, श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले १९४ मत, नेपाल कम्युनिस्ट पार्टीका पुरुषोत्तम चुडालले ११८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौलाले ७९ मत प्राप्त गरेका छन् ।