२९ असार २०८३, सोमबार

प्युठानमा अघि लागे कांग्रेसका गोविन्द‚ पछ्याउँदै रास्वपाका सुशान्त

फागुन २२, २०८२
काठमाडौं
प्युठानमा अघि लागे कांग्रेसका गोविन्द‚ पछ्याउँदै रास्वपाका सुशान्त

एक मात्र निर्वाचन क्षेत्र भएको प्युठान जिल्लाको मतगणना जारी छ । पछिल्लो विवरण अनुसार यहाँ नेपाली कांग्रेसले अग्रता बनाएको छ । 

प्राप्त नतिजा अनुसार यहाँ कांग्रेस उम्मेदवार डा. गोविन्द पोखरेलले एक हजार ९८४ मत पाएका छन् । उनलाई रास्वपाले पछ्याइरहेको छ । रास्वपा उम्मेदवार सुशान्त वैदिकले एक हजार ४०५ मत पाएका छन् । 

यस्तै, राष्ट्रिय जनमोर्चा उम्मेदवार तिलक जिसीले ४३९ मत प्राप्त गर्दा चौथोमा रहेका एमाले उम्मेदवार सूर्य थापाले ३६४ मत प्राप्त गरे । 

पाँचौ स्थानका नेकपा उम्मेदवार कृष्णध्वज खड्काले ३६३ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्