०४ साउन २०८३, सोमबार
चितवन-३ अपडेट

रेनु दाहालविरुद्ध फराकिलो अग्रता बनाउँदै सोविता गौतम

फागुन २२, २०८२
काठमाडौं
रेनु दाहालविरुद्ध फराकिलो अग्रता बनाउँदै सोविता गौतम

चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा १९ हजार ४५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतमले आफ्नो निकटतम् प्रतिस्पर्धीसँग फराकिलो अग्रता हासिल गरेकी छन् ।

उक्त निर्वाचन क्षेत्रअन्तर्गत पर्ने माडी नगरपालिकाको सबै वडाको मत गणना सकिएको छ । गौतम ९ हजार ८७९ मतसहित पहिलो स्थानमा छिन् ।

दोस्रो स्थानमा रहेकी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की रेनु दाहालले ५ हजार २५६ मत प्राप्त गरेकी छन् । रेनुभन्दा सोविता ४ हजार ६२३ मतले अगाडि छिन् ।

नेकपा एमालेका उम्मेदवार शंकरराज थपलिया १ हजार ४६५ मतसहित तेस्रो स्थानमा छन् । चौथो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले १ हजार २२ मत ल्याएका छन् ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक थापाले ३ सय २३ मत ल्याएका छन् । मत गणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्