
सिरहा क्षेत्र नम्बर ४ मा चार जना पूर्वमन्त्रीलाई पछाडि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तपेश्वर यादवले अग्रतालाई बढाउँदै लगेका छन् ।
यादवले ५ हजार २५० मत ल्याउँदा पूर्वमन्त्री समेत जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादव पाँचौं स्थानमा छन् । उनले ९५२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, नेपाली कांग्रेसकी चन्द्रकलाकुमारी यादव १ हजार १८९ मत ल्याउँदै दोस्रो स्थानमा छिन् ।
त्यसैगरी, पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका धर्मनाथप्रसाद साह भने छैटौं स्थानमा छन् । उनले ६०८ मत ल्याएका छन् ।
त्यसैगरी, अर्का पूर्वमन्त्री समेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अजयशंकर नायक १ हजार १५७ मत ल्याएर तेस्रो स्थानमा छन् ।
त्यसैगरी, अर्का पूर्वमन्त्री समेत रहेका जनमत पार्टीका वीरेन्द्रप्रसाद महतो ९५८ मत ल्याउँदै चौथो स्थानमा छन् ।