
नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्टले मतान्तर निरन्तर घटाउँदै लगेका छन् ।
आफ्ना प्रतिस्पर्धी रास्वपाका गोविन्द पन्थीसँग झण्डै एक हजारसम्मको मतान्तर घटाउँदै उनले अहिले ९५ मा झारेका छन् ।
पन्थीले ५ हजार ७२६ मत ल्याउँदा विष्टले ५ हजार ६ सय ३१ ल्याएका छन् ।
यस्तै कांग्रेसका भुवन श्रेष्ठले ४ हजार ४७४ र नेकपाका श्रीराम महत ७७७ मत ल्याएका छन् ।
यो क्षेत्रबाट विष्टले तीन पटक लगातार चुनाव जितेका थिए ।