
नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्टले अग्रता हासिल गरेका छन् ।
आफ्ना प्रतिस्पर्धी रास्वपाका गोविन्द पन्थीसँग झण्डै ७५५ मतान्तरले पछाडि पारेका हुन् ।
विष्टले ७ हजार ११५ मत ल्याउँदा पन्थीले ६ हजार ३६० मत ल्याएका छन् ।
यस्तै कांग्रेसका भुवन श्रेष्ठले ५ हजार ५९५ ल्याएका छन् । यहाँ निकै प्रतिस्पर्धा भइरहेको छ । विष्टले यहाँबाट तीन पटक लगातार चुनाव जितेका थिए ।