२८ असार २०८३, आइतबार
रास्वपाको फराकिलो अन्तर

भक्तपुर २ मा राजीव खत्रीको जीत सुनिश्चित, महेश बस्नेतले स्वीकारे हार

फागुन २३, २०८२
काठमाडौं
भक्तपुर २ मा राजीव खत्रीको जीत सुनिश्चित, महेश बस्नेतले स्वीकारे हार

प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्रीको जीत सुनिश्चित देखिएको छ । 

मत परिणाम अनुसार उनी ३४ हजार ७०२ मत ल्याएर पहिलो स्थानमा छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सचिव महेश बस्नेत फराकिलो मतान्तरले पछाडि छन् । 

बस्नेतले ८ हजार ३५१ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार कबिर राणा तेस्रो स्थानमा रहँदै सात हजार ३२१ मत ल्याएका छन् । 

एमालेका बस्नेतले हार स्वीकार गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुन्छ भन्ने विश्वासका साथ सम्मानपूर्वक स्वीकार गर्दछु ।’ 

उनले खत्रीलाई बधाईसँगै कार्यकालको शुभकामना समेत दिएका छन् । ‘राजनीतिमा हार–जीत स्वाभाविक प्रक्रिया हो। तर जनताको सेवा गर्ने हाम्रो प्रतिबद्धता कहिल्यै हार्दैन । अब हाम्रो भूमिका रचनात्मक प्रतिपक्षको हुनेछ । जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहनेछौं।’

बस्नेतले बाँकी जीवन पनि जनताकै सेवा, हित र समृद्ध भक्तपुर निर्माणमा समर्पित रहने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्