
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा क्षेत्र नम्बर १ मा उम्मेदवार निशा डाँगीले २० हजार बढीको मतान्तर बनाएकी छन् ।
जारी मतगणनाअनुसार उनले २० हजार ६१३ को मतान्तर बनाएकी हुन् ।
पछिल्लो तथ्यांकअनुसार निशाले २७ हजार ७६७ मत पाएकी छन् ।
उनको निकटतम रहेका हर्क साम्पाङको दल श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राईले ७ हजार १५४ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका केशवराज पाण्डेले ६ हजार ८१८ मत पाएका छन् ।
यस्तै, नेकपा एमालेका रामचन्द्र उप्रेतीले ५ हजार ३८७ मत पाएका छन् ।
यस क्षेत्रबाट २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा विजयी बनेका थिए ।