०८ साउन २०८३, शुक्रबार
रास्वपाले जित्यो ४४ सीट

रवि लामिछानेदेखि डीपी अर्याल र सोविता गौतमसम्म निर्वाचित [सूची]

फागुन २३, २०८२
काठमाडौं
रवि लामिछानेदेखि डीपी अर्याल र सोविता गौतमसम्म निर्वाचित [सूची]

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४४ सीटमा जीत हासिल गरेको छ । अहिले पनि रास्वपा ७५ सीटमा अगाडि छ ।

जीत हासिल गर्ने उम्मेदवारमा रास्वपाका सभापति रवि लामिछानेदेखि उपसभापति डोर प्रसाद (डीपी) अर्यालसम्म छन् । रास्वपाकी नेता सोविता गौतम पनि ऐतिहासिक मतसहित निर्वाचित भएकी छन् । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको पनि जीत सुनिश्चित भइसकेको छ । 

सूचीअनुसार चितवन-३ बाट सोविता गौतम, रुपन्देही – ३ बाट डा. लेखजंग थापा, रुपन्देही–२ बाट सुलभ खरेल, मोरङ–६ बाट रुबिना आचार्य, चितवन–२ बाट रवि लामिछाने, धनुषा–३ बाट मनिष झा, भक्तपुर –२ बाट राजीव खत्री निर्वाचित भएका छन् ।

यसैगरी, बारा–४ बाट रहवर अन्सारी, मोरङ–४ बाट सन्तोष राजवंशी, बारा–३ बाट अरविन्द साह, कास्की–१ बाट खडक राज पौडेल, तनहुँ– १ बाट स्वर्णिम वाग्ले, कास्की–३ बाट बिना गुरुङ, काठमाडौं–१० बाट प्रदिप विष्ट, काठमाडौं–९ बाट डोर प्रसाद अर्यालले चुनाव जितेका छन् ।

महोत्तरी – १ बाट प्रमोद कुमार महतो, काठमाडौं – २ बाट सुनिल केसी, भक्तपर – १ बाट रुकेश रन्जित, बाँके–१ बाट सुरेश कुमार चौधरी, नुवाकोट–२ बाट अचुत्तम लामिछाने, कास्की–२ बाट उत्तम प्रसाद पौडेल, पर्सा–२ बाट सुशील कुमार कानु, काठमाडौं–५ बाट सस्मित पोखरेल निर्वाचित भएका छन् ।

यस्तै, बाँके–३ बाट खगेन्द्र सुनार, काठमाडौं–४ बाट पुकार बम, स्याङजा–१ बाट धनन्जय रेग्मी, रौतहट – १ बाट राजेश कुमार चौधरी, रुपन्देही–४ बाट कन्हैया बनिया, काठमाडौं–६ बाट शिशिर खनाल, काठमाडौं–७ बाट गणेश पराजुली, पर्सा –१ बाट बुद्धि प्रसाद पन्त, पर्वत – १ बाट सागर भुसाल र काठमाडौं–८ बाट विराज भक्त श्रेष्ठ विजयी भएका छन् । 

जीतको सूचीमा ललितपुर – १ बाट बुद्ध रत्न महर्जन, बाग्लुङ–१ बाट सुशील खड्का, काठमाडौं–३ बाट राजु नाथ पाण्डे, सिन्धुली–२ बाट आशिष गजुरेल, कैलाली– १ बाट कोमल ज्ञवाली, गुल्मी–१ बाट गोविन्द पन्थी, काठमाडौं –१ बाट रञ्जु न्यौपाने र बाग्लुङ – १ बाट सोम शर्मा, काभ्रे-२ बाट बदन कुमार भण्डारी र सप्तरी-४ सीताराम साह निर्वाचित भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्