२९ असार २०८३, सोमबार

देउवाको विरासत जोगाउन सकेनन् महरले‚ रास्वपाका जोशीको शानदार जित

फागुन २३, २०८२
काठमाडौं
देउवाको विरासत जोगाउन सकेनन् महरले‚ रास्वपाका जोशीको शानदार जित

३४ वर्षपश्चात् डडेलधुरामा नेपाली कांग्रेसको विरासत ढलेको छ । शनिबार बेलुका सम्पन्न मतगणना अनुसार यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । 

निर्वाचन आयोगको तथ्यांक अनुसार रास्वपा उम्मेदवार ताराप्रसाद जोशीले चुनाव जितेका छन् । उनले १९ हजार १३१ मत पाए । निकटतम् बनेका नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मात्र मत पाए ।

डडेलधुरा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र हो । यसपटक देउवाले चुनाव नलडेपछि यहाँ महरले चुनाव लडेका हुन् । 

देउवा २०४८ यताका कुनै पनि निर्वाचन यहाँबाट हारेका थिएनन् । उनले यहाँबाट सात पटक निर्वाचन जितेका थिए । 

निर्वाचन आयोगका अनुसार तेस्रो बनेका नेकपाका मानसिंह मालले ६ हजार ८३४ मत प्राप्त गर्दा नेकपा एमालेका चक्र प्रसाद स्नेहीले २ हजार ९२६ मत पाए ।

salt training

कमेन्ट गर्नुहोस्