२५ जेठ २०८३, सोमबार
झापा ५ मा बालेन विजयी

कीर्तिमानी जीत हासिल गरेका ओलीको लज्जास्पद पराजय

फागुन २३, २०८२
काठमाडौं
कीर्तिमानी जीत हासिल गरेका ओलीको लज्जास्पद पराजय

पछिल्ला दुई निर्वाचनमा फराकिलो मतान्तरसहित विजयी भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शर्मनाक पराजय भएको छ ।

शनिबार साँझको अन्तिम नतिजामा ओली रास्वपाका बालेन शाहसँग फराकिलो मतान्तरसहित पराजित भएका हुन् ।

बालेन ६६ हजार ३ सय ४८ मत पाएर विजयी हुँदा ओलीले १७ हजार ७ सय ३४ मत पाए ।

०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा ओली ५२ हजार ३ सय १९ मत पाएर विजयी भएका थिए ।

त्यो बेला निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत पाएका थिए ।

०७४ सालको चुनावमा ओलीले ५७ हजार १ सय ३९ मत पाएका थिए । त्यो बेला कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत पाएका थिए ।

२०६४ सालको चुनावमा तत्कालीन माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका ओली त्यसपछिका निर्वाचनमा लगातार विजयी भएका थिए ।  

४ पटक प्रधानमन्त्री भइसकेका ओलीले पहिलोपटक चुनावमा भिडेका शाहसँग लज्जास्पद पराजय व्यहोरेका छन् । ओली २०८२ भदौ २३–२४ गतेको आन्दोलनका कारण प्रधानमन्त्रीबाट विस्थापित हुन पुगेका थिए ।

यसपटकको चुनावमा सर्वाधिक मतान्तरसहित हार्ने पनि ओली बनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्