०५ साउन २०८३, मंगलबार

रौतहट-४ मा रास्वपाका पौडेल विजयी

फागुन २३, २०८२
काठमाडौं
रौतहट-४ मा रास्वपाका पौडेल विजयी

रौतहट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पौडेल विजयी भएका छन् । 

निर्वाचन अधिकृत उद्धव ढोडारीका अनुसार अन्तिम मतपरिणाम अनुसार पौडेल ३६ हजार ८७६ मतसहित विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवप्रसाद तिमलसेनाले १५ हजार ८६५ मत प्राप्त गरे । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईले नौ हजार ७७८, नेकपा (एमाले)का रामजी साहले तीन हजार ४७८ र जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकुमार दासले एक हजार ६२ मत प्राप्त गरे । 

यस क्षेत्रमा एक लाख १० हजार ३१४ मतदाता रहेकामा ७३ हजार ३९७ मत खसेका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्