३२ असार २०८३, बिहीबार
प्रतिनिधि सभा निर्वाचन

इलाम–२ मा सुहाङको दोस्रो जीत

फागुन २४, २०८२
काठमाडौं
इलाम–२ मा सुहाङको दोस्रो जीत

इलाम क्षेत्र नं २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनले २२,४२६ मत ल्याए । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले १४,६५० मत ल्याए । 

तेस्रो भएका श्रम संस्कृति पाटीका सुदिप राईले १४,४०० मत ल्याए ।

प्रतिनिधिसभा सदस्यमा नेम्बाङको यो दोस्रो विजय हो । यसअघि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा नेम्बाङले यही क्षेत्रबाट कांग्रेसकै उम्मेदवार डम्बरबहादुर खड्कालाई पाँच हजार ८२० मतान्तरले पराजित गरेका थिए । नेम्बाङले २७ हजार ७७२ मत प्राप्त गरी निर्वाचित हुँदा खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए।

आचार्यको भने यो दोस्रो पराजय हो । यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा आचार्य सुहाङकै बुबा सुवासचन्द्र नेम्बाङसँग दुई हजार १०२ मतले पराजित भएका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्